Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

महासचिव गुटेरेसले नेपाल भ्रमण गर्दा सुरक्षा नेतृत्व सेनाले गर्ने

महासचिव गुटेरेसले नेपाल भ्रमण गर्दा सुरक्षा नेतृत्व सेनाले गर्ने

  • बिहिवार, कार्तिक ९ २०८०

  • 818
    SHARES

  • महासचिव गुटेरेसले नेपाल भ्रमण गर्दा सुरक्षा नेतृत्व सेनाले गर्ने

    काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्ने अवधीभर नेपाली सेनाले सुरक्षा नेतृत्व गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा आगामी १२ गते नेपाल भ्रमणमा आउन लाग्नु भएका महासचिव गुटेरेसको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको हो।

    नेपाली सेनाको नेतृत्वमा महासचिव गुटेरेसलाई सुरक्षा दिन जिल्ला सुरक्षा परिषद् काठमाडौं र ललितपुरको बैठकले सबै सुरक्षा निकायसँग समन्वय गरिरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो।

    महासचिव गुटेरेसले कात्तिक १२ देखि १५ गतेसम्म गर्ने नेपालको औपचारिक भ्रमणका क्रममा कात्तिक १४ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद सचिवालयलाई पत्र पठाउँदै संसदको संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरिसकेको छ। जसका लागि कात्तिक १२ मा संघीय संसदको संयुक्त बैठक बोलाइएको छ।

    महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधिसभाको बैठक कात्तिक १२ गते आह्वान भइसकेको र संसदले इजरायल र गाजापट्टीमा भएको हमलामा मारिएका बालबालिका तथा नागरिकको सम्झनामा दुःख व्यक्त गर्ने तयारीसमेत रहेको छ।

    अन्नपूर्ण र खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ।


    बिहिवार, कार्तिक ९ २०८००३:४३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij