काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आज साँझ अमेरिका प्रस्थान गर्नुहुने भएको छ। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज(पानस)अमेरिकाको निमन्त्रणामा लिङ्देन अमेरिका जान लाग्नु भएको हो।
अमेरिका भ्रमणको क्रममा लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमण तालिकाअनुसार लिङ्देन अक्टोबर २८मा मोमो महोत्सव(फेस्टिभल)मा प्रमुख आतिथ्यता ग्रहण एवं नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया, २९मा ड्यालसको करि लिफ वैङ्कटमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन, अक्टोबर ३०मा केन्टकीका नेपाली समुदायसँग साक्षात्कार, अक्टोबर ३१मा ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित कार्यक्रममा, नोभेम्बर २मा नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ।
त्यस्तै नोभेम्बर ४मा पानस न्यूयोर्क च्याप्टरको कार्यक्रम र नोभेम्बर ५ मा बाल्टिमोरको कार्यक्रममा सहभागी बनेपछी नोभेम्बर ७ मा नेपाल फर्कने कार्यक्रम तय भएको छ।भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन,राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य, प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहनु हुनेछ।