काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादीको आधार इलाका रुकुम पश्चिममा जानु भएको छ।आज आयोजित एक सहिद मेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरमार्फत रुकुम पुग्नु भएको हो।
रुकुम पुगेलगत्तै प्रधानमन्त्री प्रचण्ड’जनतासँग माओवादी विशेष रूपान्तरण’अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका–६ र ७ को विस्तारित बैठकमा पनि सहभागी हुनु भएको थियो।
साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको छ। कार्यक्रमका लागी माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुग्नु भएको छ।