काठमाडौं। यतिबेला नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैंको माहौल छ।दशैंमा सम्पुर्ण नेपालीहरुले अन्य समयको तुलनामा बढी खर्च गर्ने गर्दछन्।किनमेलदेखी घुमफिर सम्मका कृयाकलाप यहि समयमा हुने गर्दछन् यसले घरभित्र थन्किएर बसेको पैसा पनि बजार आउने गर्दछ। जसकाकारण देशको अर्थतन्त्र पनि अन्य समयको तुलनामा सक्रिय अर्थात बढी चलायमान हुने गर्दछ।तर अपसोच यसपटक भने त्यस्तो हुन सकेन।
केहि दिन पहिले मात्रै अन्तराष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको एक तथ्याङ्अनुसार नेपाल एसियाली देशहरुमध्ये सबैभन्दा गरिब देशमा परेको छ। देशको अर्थतन्त्र खस्किनु र नेपाल एसियाकै गरिब देश बन्नुमा सरकार र राजनैतिक दलहरुकै अक्षमता र अकर्मण्यता हो,तर राजनैतिक दलहरु भने एकअर्कामा आरोप प्रत्यारोप र दोषारोपणबाट उम्किन खोज्ने प्रवृतिलाई कायम राखेका छन्।
यसमा पनि सबैभन्दा बढी प्रतिपक्षी दलहरुले सत्ता पक्षलाई दोष दिने र सरकारमा संलग्न पार्टी र व्यक्तिहरु विभिन्न बाहनामा उम्किन खोज्ने प्रवृति व्याप्त छ। यसको मार सिंगो देशको अर्थव्यवस्थामै पर्दैछ। यतिबेला पनि दशैंजस्तो अर्थतन्त्र चलायमान हुने समयमा ठिक उल्टो भएपछी प्रतिपक्षी दलहरु पुरानै आरोप प्रत्यरोपमा सक्रिय देखिन्छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद पशुपति शमसेर जवराले अहिले देशको अर्थतन्त्र ढलिसकेको र दशैं, तिहार र छठजस्ता पर्वमा पनि यस्तो अबस्था आउनु दुखद रहेको भन्दै सरकारले के हेरिरहेको छ ? भन्ने प्रश्न सोध्नुभयो ।
तर, सरकार भने अझैपनि विभिन्न बहानावाजिबाट उम्किने प्रयत्नमै देखिन्छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा केहि समस्या भएपनि अर्थतन्त्र बाहिर अफवाह फैलिएजस्तो नाजुक नरहेको दाबी गर्दै विकास निर्माणका क्षेत्र, सेयर बजार, पुँजिगत क्षेत्रको खर्च लगाएतका संबन्धीत क्षेत्रका समस्या पहिचान गरि समाधानमा पुगेकोले समस्याका बाबजुत अर्थतन्त्र लयमा फर्किसकेको दाबी गर्नुभयो।
यद्यपी जानकारहरु भने यो प्रतिक्रिया आश्वासनका लागी सिमित भएको टिप्पणी गर्दै देशको अबस्था चिन्ताजनक रहेको दावी गर्छन्। अर्थविद् डा.चन्द्रमणी अधिकारीले चाडबाडको समयमा पनि अर्थतन्त्र चलायमान हुन नसक्नुमा बैंकमा पैसा थुप्रीनु, खर्च गर्ने युवाशक्ति बैदेशिक पलायन हुनु र मध्यम वर्गीय परिवारसँग पैसा नहुनु नै रहेको बताउनुहुन्छ।
अर्थतन्त्रको वर्तमान अबस्था चुनौतिपुर्ण रहेको र तत्काल सुधारिन्छ भन्ने सम्भावना नरहेको भन्दै यहि अबस्था कायम रहे देश गम्भिर समस्या र अप्ठ्यारोमा डा.अधिकारीको भनाई छ। यसका लागी समयमै सचेत रहेर सुधारका पाटा खोज्न जरुरी रहेको उहाँको भनाई छ।
तसर्थ देशको अर्थतन्त्र सुधार्न राज्यले समयमै कदम चाल्न जरुरी छ भने सबै पक्षले सहयोगी भुमिका निर्वाह गरि देशलाई संकटमा जानबाट जोगाउन जरुरी छ। एसियाकै गरिब देश नेपाल बन्नुले पक्कै पनि सम्पुर्ण राजनैतिक दलहरु, सरकार, सरोकारवाला निकायहरु, र संबन्धीत पक्षलाई गिज्याइरहेको छ। अन्यथा नेपाल पनि केहि समय पहिले श्रीलङ्का जसरी टाट पल्टियो, त्यो अबस्थामा नपुग्ला भन्न सकिँदैन।।