नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको तीन घन्टा लामो छलफल विना निष्कर्ष टुुङगिएको छ ।
प्रधानमन्त्रीलाई भेट्न करिब १२ बजे बालुवाटार पुगेका प्रचण्ड ३ बजे बालुवाटारबाट बाहिरीनुुभएको छ । बालुवाटार स्रोतका अनुसार आजको छलफल पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने विषयमा केन्द्रित भए पनि अध्यक्षद्वयबीच कुनै सहमति हुन सकेन ।
यस्तै छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको प्रसंग आए पनि प्रधानमन्त्री ओलीले यसबारे कुनै प्रतिक्रिया नदिएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
गत भदौ २६ मा बसेको स्थायी कमिटीको बैठकपछि नियमित छलफलमा रहेका प्रधानमन्त्री ओली र प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकीकरणका बाँकी काम सक्ने र संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा कुनै निर्णय गर्न सकेका छैनन् ।