Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल, बिचौलियालाई कारबाही गरिने चेतावनी, सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको प्रहरीको दाबी(खासखबर)

राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल, बिचौलियालाई कारबाही गरिने चेतावनी, सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको प्रहरीको दाबी(खासखबर)

  • शुक्रवार, कार्तिक ३ २०८०

  • 595
    SHARES

  • राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल, बिचौलियालाई कारबाही गरिने चेतावनी, सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको प्रहरीको दाबी(खासखबर)

    काठमाडौँ। आज बडा दशैंको दशैंको छैटौं दिन दशैंको चहलपहल जताततै सुरु भएको छ। काठमाडौ उपत्यकाबाट गाउँ फर्कनेको भीड जताततै देख्न सकिन्छ। दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिनुभएको छ।

    काठमाडौँको नागढुंगा, फर्पिङ,मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको दैनिक चाप बढ्ने गरेको छ। नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज र भोलि राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल हुने बताउनु भएको छ।

    यात्रुसँग बढी भाडा असुल्ने र ब्ल्याकमा टिकट बेच्ने लाई ठाउँको ठाउँ कारबाही हुने पनि सिटौलाले बताउनु भएको छ।‘परिचयपत्र र ड्रेस लगाएका कर्मचारीले तोकिएको काउन्टरबाट ब्ल्याक टिकट बेच्ने प्रश्नै छैन।केही बिचौलियाले त्यस्तो गरेको थाहा भएको छ। कतिपय सूचनाका आधारमा हामीले प्रहरी प्रशासनमा जानकारी गराएका छौं। हामीले तत्काल पक्राउ गरेर हदैसम्म कारबाही गर्न अनुरोध गरेका छौं उहाँले भन्नुभयो।

    स्थानीय सरकारहरुले बेलैमा ग्रामीण सडक मर्मत नगरेकाले यात्रुले सास्ती भोगिरहेको पनि सिटौलाको भनाई रहेको छ।‘कतिपय ठाउँमा बाटो अवरुद्ध छ। स्थानीय सरकारहरुले बेलैमा बाटो मर्मतसम्भार गरेनन्। उनीहरुले जनताको करबाट तलबभत्ता खाएर जनतामाथि नै अन्याय र अपराध गरेका छन्। यात्रुहरुले असाध्यै सास्ती पाएका छन्।’सिटौलाको प्रतिकृया छ।

    प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले पनि आज काठमाडौँमा बसपार्कहरूमा छड्के अनुगमन गर्नुभएको छ।दसैँमा घर जाने यात्रुहरूलाई बसको व्यवस्था तथा भाडदारको अवस्थाबारे बुझ्न उहाँले अनुगमन गर्नुभएको हो। अनुगमनका क्रममा ६५० रुपैयाँ लाग्ने भाडदारको १२ सय रुपैयाँसम्म लिएको यात्रुहरूले गुनासो गरेका थिए। यता प्रहरीले दशैंको सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहेको जनाएको छ।

    लामो दूरीको यात्रा सधैँ नै कष्टकर हुनेगरेको छ र यात्रुको चाप बढेपछि थप सास्ती भईरहेको छ। यातायात व्यवसायीले पनि दसैँकै बेलामा मौका छोप्ने मानसिकता त्याग्नुपर्छ। यात्रुको बाध्यताको दोहन गर्न छाडेर उचित भाडामा सुरक्षित र सुविधाजनकरूपमा यात्रा गराउने कर्तव्य पालना गर्नुपर्छ। सडक र सवारी साधनको क्षमताले धान्नेगरी मात्रै यात्रु चडाउन चालकलाई यातायात व्यवसायी महासंघले निर्देशन गरोस्।बडादशैंको शुभकामना।।


    शुक्रवार, कार्तिक ३ २०८००८:३१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij