Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एनआरएनएको निर्वाचन विवादमा, नतिजा अस्विकार गर्न ज्ञापनपत्र बुझाउँदै

एनआरएनएको निर्वाचन विवादमा, नतिजा अस्विकार गर्न ज्ञापनपत्र बुझाउँदै

  • शुक्रवार, कार्तिक ३ २०८०

  • 1.0K
    SHARES

  • एनआरएनएको निर्वाचन विवादमा,  नतिजा अस्विकार गर्न ज्ञापनपत्र बुझाउँदै

    काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनमा विवाद उत्पन्न भएको छ । निर्वाचनको अन्तिम परिणाम आइसकेको छ तर अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै नतिजा अस्वीकार गर्ने घोषणा गरेका छन् ।

    उनिहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर नतिजा अस्विकार गर्न ज्ञापनपत्र बुझाउने तयारी गरेको सचिवका उम्मेदवार जयनिधि सापकोटाले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । विवादका बिच सार्वजनिक नतिजा अनुसार अध्यक्षमा डा. बद्री केसी निर्वाचित हुनुभएको छ ।

    नतिजा अनुसार केसीले एक हजार ३७८ मत पाउनुभउको छ भने राजेन्द्रकुमार शर्मा (आरके)ले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७ मत पाउनुभयो ।

    उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित हुनुभएको छ । युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित हुनुभएको छ ।

    महासचिवमा गौरीराज जोसी निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको महाधिवेशनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गरेका थिए।


    शुक्रवार, कार्तिक ३ २०८००६:३२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij