Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता भण्डारी दुई साता लामो अमेरिका भ्रमण पूरा गरि स्वदेश फिर्ता

काँग्रेस नेता भण्डारी दुई साता लामो अमेरिका भ्रमण पूरा गरि स्वदेश फिर्ता

  • बिहिवार, कार्तिक २ २०८०

  • 597
    SHARES

  • काँग्रेस नेता भण्डारी दुई साता लामो अमेरिका भ्रमण पूरा गरि स्वदेश फिर्ता

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद डा. चन्द्र भण्डारी दुई साता लामो अमेरिका भ्रमण पूरा गरि स्वदेश फर्किनुभएको छ ।

    अमेरिकाको वासिङ्टन डिसीमा वर्न सर्भाईभर्सहरुको बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ केही दिन अगाडि अमेरिका जानुभएको थियो । भण्डारी गएराती स्वदेश फर्किनुभएको हो ।

    त्यहाँ रहँदा नेता भण्डारीले अमेरिकास्थीत नेपाली दुतावासमा भेटवार्ता गर्नु भएको थियो । राजदूत श्रीधर खत्रीलगायतसँग उहाँले अमेरिकामा रहेका नेपालीहरुको अवस्था र समस्याहरुका साथै नेपाल र अमेरिकाको सम्वन्धका बारेमा कुराकानी गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

    यस्तै नेता भण्डारीले वर्न सर्भाईभर्सहरुको बार्षिक सम्मेलनमा विशेष सम्बोधन गर्नुभएको उहाँका स्वकिय सचिव वोधराज कँडेलले जानकारी दिनुभयो ।

    नेता भण्डारीसँगै उहाँकी श्रीमती डा. लक्ष्मी पाण्डेय, जलन विषेशज्ञ प्रा. डा. शंकरमान राई, फिजियो थेरापी विज्ञ मोहन डंगोलपनि सम्मेलनमा सहभागी हुनुहुन्थ्यो ।

     


    बिहिवार, कार्तिक २ २०८००८:०४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij