Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, अस्पतालबाट डिस्चार्ज

  • बुधवार, कार्तिक १ २०८०

  • 384
    SHARES

  • प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, अस्पतालबाट डिस्चार्ज

    काठमार्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हिजो साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ । स्वास्थ्य अवस्था सामान्य देखिएपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

    प्रधानमन्त्री दाहाल हिजो दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि अस्पताल जानुभएको थियो ।

    अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।’

    प्रधानमन्त्री दाहालको उपाचारमा डा युवराज शर्मा, डा।यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको अस्पतालले जनाएको छ ।


    बुधवार, कार्तिक १ २०८००८:२४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij