काठमाडौं । साझा पार्टीले ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ । उहाँ गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं.–३ बाट पार्टीका उम्मेदवार बन्नुभएको थियो ।
ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गर्नुभएको थियो । सूर्यराज आचार्यले पार्टी परित्याग गरेपछि साझा पार्टीमा प्रवक्ता पद रिक्त रहेको थियो ।
पार्टी पुनर्संरचनाका लागि आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझाका केन्द्रीय सदस्यद्वय आचार्य र मुमाराम खनालले गत असार २८ गते पार्टी परित्याग गरेका थिए ।