काठमाडौं । गैरआवासीय नेपाली सङ्घको आगामी अक्टोबर १७ देखि १९ सम्म हुने ११ औं अधिवेशनमा चिरञ्जीवी घिमिरे उपाध्यक्ष पदका उम्मेदवार हुन् । घिमिरे हाल गैर आवासीय नेपाली सङ्घको सचिव पदमा पनि कार्यरत छन् ।
स्पष्ट र निडर स्वभाव मानिएका घिमिरेले संघ भित्र देखिएका विसंगतीका विषयमा चर्को आवाज उठाउदै आएका छन् यसअघि एनआरएनले क्यानडाको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका घिमिरेले यसपटक आइसिसी उपाध्यक्षमा आफूले उम्मेद्धारी दिएको बताएका छन् । उम्मेद्धारीका विषयमा उनले केही आफ्ना गरिसकेका र भावी योजनाहरु प्रस्तुत गरेका छन् ।
- वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता
- सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी तथा नयाँ गन्तव्यको खोजी
- पुस्तान्तरण केन्द्रित एनआरएनए
- वैदेशिक सिप ज्ञान तथा नेपालमा सामुहिक लगानी
- नेपालमा पर्यटन विकास
- नेपाली कला संस्कृतिको प्रर्वद्र्धन
- गैर आवासीय नेपाली संघका सबै सदस्यहरु प्रतिनिधि हुन पाउने अधिकारको सुनिश्चितता
- यसअघि कोभिडको महामारीमा नेपालमा अक्सिजनको अभाव हुदा ७५ थान अक्सिजन कन्सनट्रेटर पठाएको
- क्यानडाको केन्द्रीय तथा प्रान्तीय सरकार संग सहकार्य गरि नेपालमा भेन्टिलेटर तथा अत्याबश्यक स्वास्थ्य सामाग्री पठाएको
- क्यानाडा भरि स्पोर्टस सप्ताह मनाएको
- वंशजको आधारमा निरंतान्ताको लागी निरन्तर काम गरेको
- कोभिडको महामारीमा नेपाली अन्तरास्ट्रिय विधार्थीलाई प्रत्यक्ष भेटघाट गरि आबश्यक सहयोग गरेको
क्षेत्रीय विज्ञा सम्मेलन सम्पन्न
- कला सस्कृति र पर्यटनको संरक्षण तथा प्रर्वद्र्धन
विभिन्न संघसंस्थाको नेतृत्वमा लामो समय काम गरेको अनुभव ले एनआरएन एलाई थप सहयोग पुर्याउन सक्ने उनको विश्वास छ । आफ्नो उम्मेद्धारीलाई एउटा सशक्त सम्झेर यसपटकको अधिवेशनमा सहयोग गरिदिन पनि घिमिरेले सम्पूर्ण विश्व नेपाली समुदाय समक्ष अपिल गरेका छन् ।