Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एनआरएनए अध्यक्षमा चार प्रत्याशी

एनआरएनए अध्यक्षमा चार प्रत्याशी

  • मंगलवार, आश्विन ३० २०८०

  • 577
    SHARES

  • एनआरएनए अध्यक्षमा चार प्रत्याशी

    काठमाडौं । गैरआवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महासभा आजबाट काठमाडौंमा सुरू भएको छ ।

    तीन दिन चल्ने महासभाले एनआरएनएको नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद) को निर्वाचन गर्नेछ ।

    जम्बो पदाधिकारी टीमसहित ७४ जनाको नयाँ नेतृत्वको चुनाव हुन लागेको हो । यसपटक अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    हालका दुई अध्यक्ष डा. बद्री केसी (रुस) र रुबिना थापा (अमेरिका) सहित महेशकुमार श्रेष्ठ (जापान) र राजेन्द्रकुमार (आरके) शर्मा (कतार)ले अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।


    मंगलवार, आश्विन ३० २०८००२:२२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij