Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

संविधानका उपलब्धि हल्लाउने प्रयास भयो : उपप्रधानमन्त्री खड्का

संविधानका उपलब्धि हल्लाउने प्रयास भयो : उपप्रधानमन्त्री खड्का

  • मंगलवार, आश्विन ३० २०८०

  • 396
    SHARES

  • संविधानका उपलब्धि हल्लाउने प्रयास भयो : उपप्रधानमन्त्री खड्का

    काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत् प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको बताउनुभएको छ ।

    मंगलबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको र संघीय कानून बनाउने कुरामा आफूहरु पनि चुकिरहेको उल्लेख गर्नुभयो ।

    २०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसकेको बताउनुभयो । संघीय कानून पहिलो प्राथमिकतामा राख्नुपर्ने भएपनि अहिलेसम्म अल्मलिएको उहाँको धारणा थियो ।

    ु संविधान जारी गर्दा हामीले संविधान सभाका अगाडि संविधान सभामार्फत सिंगो नेपाली जनताहरु समक्ष संसारका लोकतन्त्रवादीहरुलाई दिएको विश्वास र वचन पूरा गर्ने प्रक्रिया बाँकी छ । संविधानलाई संशोधनमार्फत् समृद्ध गर्दै लैजानु पर्ने काम बाँकी छ, उहाँले भन्नुभयो ।

     


    मंगलवार, आश्विन ३० २०८००२:०९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij