Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘कांग्रेस बिगार्न महामन्त्रीद्वय थापा र शर्माको हात छ’: नैनसिंह महर

‘कांग्रेस बिगार्न महामन्त्रीद्वय थापा र शर्माको हात छ’: नैनसिंह महर

  • मंगलवार, आश्विन ३० २०८०

  • 743
    SHARES

  • ‘कांग्रेस बिगार्न महामन्त्रीद्वय थापा र शर्माको हात छ’: नैनसिंह महर

    काठमाडौं। नेपाली कांग्रेस नेता नैनसिंह महरले कोसी प्रदेशमा उत्पन्न कांग्रेसको विवादमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि दोषी रहेको टिप्पणी गर्नु भएको छ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता महरले यस्तो बताउनुभएको हो ।

    उहाँले सभापति देउवाको टाउकोमा मात्रै दोष थोपर्न नमिल्ने भन्दै उहाँले महामन्त्रीद्वय पनि आठ–दस दिनदेखि निरन्तर छलफल र बैठकमा निरन्तरसहभागी रहेकोले उहाँहरु पनि दोषि रहेको दोहोराउनु भयो। नेता महरले कोसी विवाद समाधानलाई पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक राख्न माग गर्नुभयो।

    उहाँले भन्नुभयो,‘लोकतन्त्रमा परिणामभन्दा पनि प्रक्रिया महत्त्वपूर्ण हो। कोसी प्रदेशको सरकार निर्माणबारे केन्द्रीय कार्यसम्पादन समिति अनिर्णयको बन्दी भयो। बैठक,उपबैठक गरेर पनि पार लगाउन सकेन। यसले कांग्रेसलाई ठीक ठाउँमा पुर्याएन। पार्टीले समयमै आधिकारिक धारणा राखेन। यसबारे छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक राखिनुपर्छ।’

    पदाधिकारीका नाममा एकलौटी निर्णय गर्दासम्म लोकतान्त्रिक प्रक्रिया कुण्ठित हुने उहाँले औंल्याउनु भयो ।


    मंगलवार, आश्विन ३० २०८०१०:२५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij