Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘प्रेस युनियन काँग्रेसको सुवेच्छुक हो, तर सरकारको हैन’ : अध्यक्ष लम्साल

‘प्रेस युनियन काँग्रेसको सुवेच्छुक हो, तर सरकारको हैन’ : अध्यक्ष लम्साल

  • मंगलवार, आश्विन ३० २०८०

  • 639
    SHARES

  • ‘प्रेस युनियन काँग्रेसको सुवेच्छुक हो, तर सरकारको हैन’ : अध्यक्ष लम्साल

    काठमाडौं। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आफूहरु नेपाली काँग्रेसको सुवेच्छुक भएपनि सरकारको सुवेच्छुक भने नभएको स्पष्ट पार्नु भएको छ। सर्लाहीको लालवन्दीमा नेपाल प्रेस युनियनको मधेश प्रदेश भेलामा उहाँले काँग्रेस सरकारमा हुँदैमा सरकारलाई प्रेस युनियनले समर्थन नै गर्नुपर्ने बाध्यता नरहेको तर्क गर्नुभयो।

    उहाँले भन्नुभयो,“हामी काँग्रेसका सुवेच्छुक हौँ, तर काँग्रेस सहभागी भएकै भएपनि सरकारको समर्थक हुनै पर्छ भन्ने छैन, सरकारले नराम्रा काम गर्दा पनि हामी समर्थन गरेर बसिरहन सक्दैनौँ, गलत कामको हामी विरोध गछौँ। उहाँका अनुसार सरकारले पत्रकारलाई मर्का पर्ने काम र कानुनहरु बनाईरहेकोले त्यस्ता कदमको प्रतिरोध गर्न आन्दोलनको तयारी प्रेस युनियनले गरिरहेको छ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन बनाउनेदेखि पत्रकारका सेवा सुविधा तथा अधिकार कटौती गर्ने काम सरकारले गरिरहेको भन्दै उहाँले त्यस तर्फ ध्यान दिन काँग्रेसका नेताहरुलाई आग्रह गर्नुभयो। अध्यक्ष लम्सालले सरकारमा रहेका काँग्रेसका मन्त्रीहरुले पत्रकार विरोधी सरकारका कामका बारेमा चासो नदिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा युनियनका उपाध्यक्षद्धय जीवन भण्डारी र अनिल कर्ण, महासचिव दिलिप पौडेल लगायतले पनि प्रेस युनियनलाई पार्टीको भन्दा पत्रकारको चिन्ता र चासो बढी लिने संगठनको रुपमा लिन आग्रह गर्नु भएको थियो। दुई दिनसम्म चलेको भेलाले ७ बुँदे लालवन्दी घोषणापत्र पनि जारी गरेको छ ।


    मंगलवार, आश्विन ३० २०८००९:२८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij