Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेस बैठक आज पनि बस्दै, सत्तादेखि महाधिवेशनसम्मका विषयमा छलफल हुने

काँग्रेस बैठक आज पनि बस्दै, सत्तादेखि महाधिवेशनसम्मका विषयमा छलफल हुने

  • सोमवार, आषाढ २२ २०७७

  • 667
    SHARES

  • काँग्रेस बैठक आज पनि बस्दै, सत्तादेखि महाधिवेशनसम्मका विषयमा छलफल हुने

    काठमाडौँ । सरकारविरुद्ध आन्दोलन तय गर्न हिजोदेखि शुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्नेगरी हिजोको बैठक टुंगीएको थियो । बैठकमा आन्दोलनको स्वरुपका बारेमा छलफल गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

    भ्रष्टाचार, कुशासन, अकर्मण्ड्यतालगायतले सरकार गैरजिम्मेबार देखिएको र जनताप्रतिको आधारभूत दायित्व पनि निर्वाह गर्न नखोजेको भन्दै काँग्रेसले सरकार विरुद्ध आन्दोलनमा उत्रिने तयारी गरेको हो ।

    तत्कालिन सञ्चार मन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो प्रकरण, ओम्नी, मुल्यबृद्धि, कोरोनामा बेवस्ता लगायतका दर्जनौ विषयमा पटक पटक दवाव दिदाँ पनि सरकारले सच्चिने छाँटकाट नदेखाएकाले आन्दोलनमा जानुको विकल्प नभएको प्रवक्ता शर्माको भनाई छ ।

    बैठकमा अन्य समसामयीक विषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा संसद अधिवेशन आकस्मीक रुपमा अन्त्य गरेको, पार्टीको महाधिवेशनको तयारीलगायतका विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ ।

     


    सोमवार, आषाढ २२ २०७७०८:४६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij