Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दशैंका लागी खसीबोका र च्यांग्रा काठमाडौं आइपुगे

दशैंका लागी खसीबोका र च्यांग्रा काठमाडौं आइपुगे

  • सोमवार, आश्विन २९ २०८०

  • 1.2K
    SHARES

  • दशैंका लागी खसीबोका र च्यांग्रा काठमाडौं आइपुगे

    काठमाडौं। दसैँका निम्ति खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेका खसीबोका काठमाडौं आइपुगेका छन्। काठमाडौं आइपुगेका खसीबोका र च्यांग्रा आज प्रादेशिक कार्यालय थापाथलीमा आउने र भोलीदेखि बिक्री गरिने लिमिटेडले जनाएको छ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले खरिद गरिएका केही खसीबोका आएका र केहि आउन बाँकी रहेको जानकारी दिनुभयो।

    खसीबोका र च्यांग्रा कतिमा बेच्ने भनेर मूल्य निर्धारण गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो। बिक्री मूल्य आज बेलुकासम्म निर्धारण गरिने उहाँको भनाइ छ। कम्पनीले सहुलियत मूल्यमा खसीबोका र च्यांग्रा बिक्री गर्न लागेको हो।

    कम्पनीले धादिङ,मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको छ। कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ। यो वर्ष दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ।


    सोमवार, आश्विन २९ २०८००४:०२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij