Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘ढुक्क हुनुस्,मुलुकको परिवर्तनमा जीवन विताएका नेताहरुको योगदानलाई अवमूल्यन गर्दैनौं’ : रवि लामिछाने

‘ढुक्क हुनुस्,मुलुकको परिवर्तनमा जीवन विताएका नेताहरुको योगदानलाई अवमूल्यन गर्दैनौं’ : रवि लामिछाने

  • सोमवार, आश्विन २९ २०८०

  • 457
    SHARES

  • ‘ढुक्क हुनुस्,मुलुकको परिवर्तनमा जीवन विताएका नेताहरुको योगदानलाई अवमूल्यन गर्दैनौं’ : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनमा सारा जीवन बिताएका नेताहरुको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको बताउनु भएको छ। राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताउनुभएको छ।

    आजबाट शुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कहिलेकाहीँ विषय केन्द्रित कटाक्ष गरेपनि मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने योजना नभएको बताउनुभयो।

    सभापति लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताउनुभयो। उहाँले राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताउनु भयो।

    सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको भन्दै पुराना राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताउनुभयो। देशले व्यवस्था बदलेको भएपनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताउनु भयो।


    सोमवार, आश्विन २९ २०८००३:५४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij