काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालो झण्डा देखाइएको छ। कैलालीको गौरीगंगा गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनमा सहभागी हुन त्यसतर्फ जानुभएका प्रधानमन्त्री प्रचण्डलाई कैलालीको मसुरियामा कालो झण्डा देखाइएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठनले कालो झण्डा देखाएका हुन्।
समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन धनगढी पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड गौरीगंगा नगरपालिकाको नवनिर्मित भवन उद्घाटनमा पुग्नुभएको थियो।