Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओलीले के भने ?

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओलीले के भने ?

  • आइतवार, आश्विन २८ २०८०

  • 1.2K
    SHARES

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओलीले के भने ?

    काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ। मुख्यमन्त्री कार्की आइतबार बिहान भक्तपुरको बालकोट निवास पुग्नुभएको थियो ।

    मुख्यमन्त्री कार्कीसँगै बालकोट पुगेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार ओली र मुख्यमन्त्री कार्कीबीच संक्षिप्त कुराकानी भएको थियो । भेटमा कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद दिनुभएको छ ।

    जवाफमा ओलीले राम्रो काम गर्न भनेको आचार्यले बताउनुभयो । ‘हामी ढिला पुग्यौँ । ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन । केदारजीले सहयोगका लागि धन्यवाद दिनुभयो । ओलीजीले राम्रो काम गर्नु भन्नुभयो,’ उहाँले भन्नुभयो ।

    सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेस नेता शेखर कोइराला पक्षीय ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

    मुख्यमन्त्री कार्कीले शनिबार नेता कोइराला र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको थियो ।


    आइतवार, आश्विन २८ २०८००२:००:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij