काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ । उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यतालिका रहेको छ । शपथ ग्रहणका लागि दिउँसो २ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
कोशी प्रदेशमा १० महिनामा पाँचपटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका उद्धव थापा २–२ पटक मुख्यमन्त्री बन्नुभएको थियो ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की शनिबार नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राजनीतिक समीकरण नै परिवर्तन गरेर कांग्रेस नेता कार्की एमालेको समर्थनमा कोशी प्रदेशको आठौं मुख्यमन्त्री बन्नुभएको हो ।