Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अब प्रदेश संरचना खारेज गरौं, घाँडो नै भइसक्यो : कमल थापा

अब प्रदेश संरचना खारेज गरौं, घाँडो नै भइसक्यो : कमल थापा

  • शनिवार, आश्विन २७ २०८०

  • 443
    SHARES

  • अब प्रदेश संरचना खारेज गरौं, घाँडो नै भइसक्यो : कमल थापा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना अब खारेज गर्नुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संघीयता अन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनु भएको हो।

    उहाँले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने? भनी प्रश्नसमेत गर्नुभयो। उहाँले भन्नुभयो,‘यो बीचको प्रदेश संरचना आवश्यक छैन। यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ। नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ। कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने?’

    नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५÷७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौती गर्नुपर्ने उहाँले प्रस्ताव गर्नुभयो। अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो ।

    अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र वर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिरसमेत गर्नुभयो।

     


    शनिवार, आश्विन २७ २०८००५:२७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij