Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मनाङ एयरको सर्टिफिकेट निलम्बन, ३ महिनामा २ हेलिकप्टर दुर्घटनामा परेपछि कम्पनी नै रित्तै

मनाङ एयरको सर्टिफिकेट निलम्बन, ३ महिनामा २ हेलिकप्टर दुर्घटनामा परेपछि कम्पनी नै रित्तै

  • शनिवार, आश्विन २७ २०८०

  • 1.1K
    SHARES

  • मनाङ एयरको सर्टिफिकेट निलम्बन, ३ महिनामा २ हेलिकप्टर दुर्घटनामा परेपछि कम्पनी नै रित्तै

    काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको छ। आज ओखलढुंगाबाट सोलुखुम्बु जाँदै गर्दा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो। त्यसलगत्तै प्राधिकरणले एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ।

    आज मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७ः१३ मिनेटमा उडेकोमा लोबुचे भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका थिए। यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो।

    तीन महिनाको अवधिमा दुईपटक दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको हो। मनाङ एयरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि हाल ऊसँग हेलिकप्टर नै बाँकी छैन। मनाङ एयरले अब अर्को हेलिकप्टर ल्याएपनि तत्काल उडान सञ्चालन गर्न पाउने छैन।


    शनिवार, आश्विन २७ २०८००४:१५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij