Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशमा उम्मेदवारले पेस गरेका सांसदको सनाखत आज गरिने

कोशी प्रदेशमा उम्मेदवारले पेस गरेका सांसदको सनाखत आज गरिने

  • शनिवार, आश्विन २७ २०८०

  • 288
    SHARES

  • कोशी प्रदेशमा उम्मेदवारले पेस गरेका सांसदको सनाखत आज गरिने

    काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्‍यमन्त्रीमा दाबी पेस गरेका दुवै पक्षका उम्मेदवारले पेस गरेका सांसदहरुको सनाखत आज गर्ने निर्णय गर्नुभएको छ ।

    मुख्यमन्त्रीमा दाबी गर्न हिजो साँझ ५ बजेसम्मका लागि दिइएको समय घर्किएपछि प्रदेश प्रमुख खापुङले कानून परामर्श गरेपछि आजर बिहान ८ बजेदेखि हस्ताक्षर सनाखत गर्ने निर्णय गर्नुभएको हो ।

    मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की र माओवादीका ईन्द्र आङ्बोको छुट्टा छुट्टै दाबी पेस भएपछि प्रदेश प्रमुखले सांसदहरुलाई सशरीर उपस्थित गराएर हस्ताक्षर सनाखत गराउने निर्णय गर्नुभएको हो ।

    कांग्रेसका कार्कीलाई नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ९ गरी ४८ जना सांसदले समर्थन गरेका छन् भने माओवादीका आङ्बोले पनि कांग्रेसका सवै सांसदहरुको समर्थन आफूलाई रहेको दाबी गर्नुभएको छ ।

    उता, नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा सर्मथन गरेका ४८ सांसदहरु भने शुक्रबार पनि प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । त्यसअघि कार्कीलाई समर्थन गर्ने कांग्रेसका ९ जना सांसदहरुले प्रदेश प्रमुखलाई लिखितपत्र बुझाउँदै आफूहरुको समर्थन कार्कीलाई रहेको स्पष्ट पारेका थिए ।

     


    शनिवार, आश्विन २७ २०८००७:१३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij