Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आशा बोकेर इजरायल पसेका नेपाली विद्यार्थी निराशा र त्रास बोक्दै स्वदेश फर्किए, विपिनको खोजीका लागि याचना (खासखबर)

आशा बोकेर इजरायल पसेका नेपाली विद्यार्थी निराशा र त्रास बोक्दै स्वदेश फर्किए, विपिनको खोजीका लागि याचना (खासखबर)

  • शुक्रवार, आश्विन २६ २०८०

  • 690
    SHARES

  • आशा बोकेर इजरायल पसेका नेपाली विद्यार्थी निराशा र त्रास बोक्दै स्वदेश फर्किए,  विपिनको खोजीका लागि याचना (खासखबर)

    काठमाडौं।इजरायलको दक्षिणी भाग किबुज अलुमिममा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका २५४ जना नेपाली नागरिकलाई सरकारले उद्धार गरेको छ।इजरायलका जोखिमयुक्त १६ स्थानबाट राजधानी तेल अबिबमा स्थानान्तरण गरिएकालाई नेपाल एयरलाइन्सको विमान मार्फत् आज बिहान काठमाडौं ल्याइएको हो। उद्दारको पर्खाइमा रहेका विद्यार्थी र अन्य नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद इजरायल पुग्नुभएको थियो।

    बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि विद्यार्थीहरु खुसी भएका थिए भने उत्तिकै भावविह्वल पनि थिए । आफ्ना १० जना साथी मारिएको र १ जना बेपत्ता रहेकोले उनीहरुमा खुसी देखिदैन थियो। इजरायलमा सिक्दै कमाउदै कार्यक्रमका लागि जानुभएकी शोभा पासवाङले नेपाल आउन पाएकोमा खुसी व्यक्त गर्दै साथी गुमाएकोमा दुख लागेको बताउनुभयो ।

    सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान संकायमार्फत् लर्न एण्ड अर्नका लागि गएका ४९ जना विद्यार्थीमध्ये १० जना प्यालेस्टाइनी विद्रोही हमासको आक्रमणमा मारिएका थिए भने एकजना विपिन जोशी अज्ञात अवस्थामा रहेका छन्। सोही टिमको नेतृत्व गर्दै इजरायल जानुभएका विपिन सुवेदीका अनुसार बंकरमा बस्दा त्रासका साथै पीडा भएको थियो।

    सुवेदी आफू मात्रै नेपाल फर्केकोप्रति सन्तुष्ट बन्न सक्नुभएको छैन। त्यहाँ मारिएका १० जनाको चिच्याहट र अज्ञात अवस्थामा रहेका विपिन जोशीको यादले उहाँलाई छोडेको छैन। नेपाल सरकारले जतिसक्दो चाँडो विपिनको खोजी गर्नुपर्ने उहाँको तर्क छ।

    उद्धारका लागि परराष्ट्रमन्त्री साउद बिहीवार बिहान इजरायलको तेल अबिबतर्फ प्रस्थान गर्नुभएको थियो। घटना भएको छेटौं दिनमा २५४ जनालाई स्वदेश ल्याएपछि साउदले उद्धार कार्यलाई निरन्तरता दिइने प्रतिक्रिया दिनुभयो। अज्ञात अवस्थामा रहेका विपिन जोशीको उद्दारका लागि पनि पहल गरिने साउदको भनाइ थियो ।

    नेपालसँगै फ्रान्स, जर्मनी, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, स्विडेन, ईटाली, स्पेन लगायतका अन्य देशले पनि आफ्ना सबै नागरिकको उद्धार गर्न सकेका छैनन्। युरोपका कतिपय देशले पहुँचवाला राष्ट्रसँग सहयोग मागिरहेका खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आइरहेका छन् । छिमेकी मुलुक भारतले पनि नेपालसँगै शुक्रबार बिहान मात्रै आफ्ना नागरिकलाई उद्धार गरेको छ ।


    शुक्रवार, आश्विन २६ २०८००८:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij