Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

गैरीगाउँ हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान

गैरीगाउँ हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान

  • शुक्रवार, आश्विन २६ २०८०

  • 1.0K
    SHARES

  • गैरीगाउँ हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान
    काठमाडौं । गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा जोडिएका भण्डारीलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।
     
    गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो । 
     
    घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो । 
     
    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले भण्डारीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिनुभएको हो ।


    शुक्रवार, आश्विन २६ २०८००४:१३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij