Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कोशीमा सत्ता गठबन्धनविरुद्ध शेखर कोइराला, केदार कार्कीको मुख्यमन्त्रीमा दाबी

कोशीमा सत्ता गठबन्धनविरुद्ध शेखर कोइराला, केदार कार्कीको मुख्यमन्त्रीमा दाबी

  • बिहिवार, आश्विन २५ २०८०

  • 900
    SHARES

  • कोशीमा सत्ता गठबन्धनविरुद्ध शेखर कोइराला, केदार कार्कीको मुख्यमन्त्रीमा दाबी

    काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस सांसद केदार कार्कीले दाबी पेस गर्नु भएको छ। कार्कीले एमालेका सांसदसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नु भएको हो।

    कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ। कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।

    सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसका ८ सांसदले विद्रोह गर्दै एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको हो ।

     


    बिहिवार, आश्विन २५ २०८००५:४६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij