Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य

  • बिहिवार, आश्विन २५ २०८०

  • 459
    SHARES

  • सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य
    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो (वर्षे) अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको छ ।  मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले दोस्रो अधिवेशनको अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्य सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रलाई सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा वाचन गरेर सुनाउनुभएको थियो ।
     
    प्रदेश सभाको यो अधिवेशन जेठ १३ गतेबाट सुरु भएको थियो । यस अधिवेशन अवधिभरि २४ दिनमा २८ वटा बैठक बस्यो । यो अधिवेशनबाट चार वटा विधेयक पारित गरिएको छ ।
     
    यसैबिच, आजको प्रदेश सभा बैठकमा विशेष समयसमेत निर्धारण गरिएको थियो । विशेष समयमा नेकपा माओवादी केन्द्रका दलका नेता अक्कलबहादुर रावल, नेकपा एमालेका दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादीका दलका नेता प्रकाश रावल, राप्रपाका खेमादेवी विष्ट र स्वतन्त्र  ताराप्रसाद जोशीले बोल्नुभएको थियो ।
     
    उहाँहरूले प्रदेश सरकारले सदनलाई बिजनेस दिन नसकेकोप्रति आपत्ति जनाउनुहुँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रदेश सरकारको ढिलासुस्तीका कारण एक वर्षमा पर्याप्त कानुन बनाउन र सदन सञ्चालन हुन नसकेको उहाँहरूको भनाइ थियो । जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि तदारुकताका साथ काम गर्न प्रदेश सरकारलाई उहाँहरूको आग्रह थियो ।
     
    यसैगरी, भूकम्प प्रभावितको उचित व्यवस्थापन गर्नु पर्ने, अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीलाई प्रदेश सरकारले सम्मान गर्नु पर्ने बताउनुभएको छ ।


    बिहिवार, आश्विन २५ २०८००५:२८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij