काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन शुक्रबार अन्त्य गर्ने तयारी भएको छ । अधिवेशनका अन्त्यका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने छ । बालुवाटारमा बिहीबार(आज) बसेको सत्ता गठबन्धनको बैठक र पछि प्रतिनिधिसभामा पनि दलहरूबीच अधिवेशन शुक्रबार अन्त्य गर्नेबारे कुराकानी भएको थियो ।
एमाले प्रमुख सचेतक पदम गिरीले शुक्रबार अधिवेशन अन्त्यकोबारे कुरा भएको जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुट्रेसले नेपाल भ्रमण गरेको भए २९ गतेसम्म बैठक राख्ने तयारी थियो। तर गुट्रेस नआउने भएपछि शुक्रबार नै अन्त्य गर्न लागिएको हो ।