Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णय

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णय

  • बिहिवार, आश्विन २५ २०८०

  • 1.2K
    SHARES

  • कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णय

    काठमाडौं । सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको छ ।

    आज बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभयो।

    कांग्रेसमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक्षमा एकमत हुन नसक्ने परिस्थिति बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले देउवाले माओवादीलाई सरकारको नेतृत्व दिन तयार हुनुभएको हो कोशी प्रदेशमा बहुमत पुग्न ४७ सीट आवश्यक पर्छ । कोशी प्रदेशमा सत्ता गठबन्धन दलमा रहेको नेपाली कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सीट छ ।

    संविधानको धारा १६८ (३) अन्तरगत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तरगत सरकार गठनको भोलि साँझसम्मको लागि समय दिनुभएको छ ।

     


    बिहिवार, आश्विन २५ २०८००२:३१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij