Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘रास्वपा बाहेकका दलहरुमा राणा शासन छ’ : रवी लामिछाने

‘रास्वपा बाहेकका दलहरुमा राणा शासन छ’ : रवी लामिछाने

  • बिहिवार, आश्विन २५ २०८०

  • 395
    SHARES

  • ‘रास्वपा बाहेकका दलहरुमा राणा शासन छ’ : रवी लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपालमा रहेका राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको बताउनु भएको हो।

    गैरआवासीय नेपाली संघ(एनआरएनए) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज संयुक्त रुपमा आयोजना गरेको अन्तर्क्रिरया कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक अन्य दलमा राणा शासन कायम रहेको बताउनु भएको हो ।

    अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको लामिछानेले टिप्पणी छ। उहाँले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको बताउनु भयो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गर्नु भयो।

    आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने लामिछानेले उल्लेख गर्दै इजरायलस्थित नेपाली दुतावासले गैर आवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको आरोप लगाउनु भयो।

     


    बिहिवार, आश्विन २५ २०८००२:१८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij