Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

  • बिहिवार, आश्विन २५ २०८०

  • 1.2K
    SHARES

  • माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय
    काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बालुवाटारमा बिहीबार(आज) बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको हो ।
     
    यसअघि कांग्रेसले मुख्यमन्त्री लिएको थियो । कांग्रेसका उद्धव थापाले दुई पटक मुख्यमन्त्री बन्दा पनि विश्वासको प्राप्त गर्न सक्नुभएको थिएन । उहाँले विश्वासको मत लिने प्रक्रियामै असंवैधानिक बाटो प्रयोग गर्नुभएको थियो । अब फेरी कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको जानकारी दिनुभयो ।
     
    एमाले मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ सम्म मुख्यमन्त्रीको नाम सिफारिस गर्न समय दिनुभएको छ । आङ्बोलाई अघि सार्दा राप्रपाले सहयोग गर्ने सम्भावना छ ।


    बिहिवार, आश्विन २५ २०८००२:११:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij