Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्र मन्त्रीसहितको टोली इजरायल प्रस्थान

नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्र मन्त्रीसहितको टोली इजरायल प्रस्थान

  • बिहिवार, आश्विन २५ २०८०

  • 375
    SHARES

  • नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्र मन्त्रीसहितको टोली इजरायल प्रस्थान

    काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

    गएराति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज आज बिहान ४ बजे मात्रै त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ।

    उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने भएको छ।

    सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ। इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ। हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।


    बिहिवार, आश्विन २५ २०८००६:५६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij