Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सरकारी नीतिमा बेथिति हुँदा जनता मारमा, राजनीति बिचौलिया र भ्रष्टहरूको संरक्षक बन्दा समृद्धि ओइलायो (खास खबर)

सरकारी नीतिमा बेथिति हुँदा जनता मारमा, राजनीति बिचौलिया र भ्रष्टहरूको संरक्षक बन्दा समृद्धि ओइलायो (खास खबर)

  • बुधवार, आश्विन २४ २०८०

  • 458
    SHARES

  • सरकारी नीतिमा बेथिति हुँदा जनता मारमा, राजनीति बिचौलिया र भ्रष्टहरूको संरक्षक बन्दा समृद्धि ओइलायो (खास खबर)
    काठमाडौं । कृषिप्रधान मुलुकमा कृषि नै उपेक्षामा परिरहेका बेला राजनीतिक दल र तीनका नेताहरूमाथि प्रश्न उठ्न थालेको छ । सबै नीतिको मूल नीति राजनीति भएपनि यसलाई सही दिशामा डोर्‍याउने नसक्दा मुलुकले दुःख पाउँदै आएको छ । पछिल्लो समय बजारमा कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तुहरूको बिगबिगी हुँदा पनि सरकारले नियमन गर्न सकिरहेको छैन । 
     
    दसैँका लागि घर जाने यात्रुहरूले सहजै टिकट पाएका छैनन् भने भाडा समेत महँगो तिर्नुपरेको छ । चिनी, जिरा, तेल, ग्यासको मूल्यमा वृद्धि हुँदा विपन्न र मध्यम परिवारको दसैँ महँगो बन्नेछ । चाडबाडका बेला हुने कालोबजारीलाई नियन्त्रण गर्ने संयन्त्रको नियत ठिक नहुँदा जनताले सास्ती पाएको आवाज उठ्ने गर्दछ । ग्यासमा भने यस वर्ष अभाव नहुने  ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्रबहादुर थापा दाबी गर्नु हुन्छ । 
     
    संविधानको प्रस्तावनामा समाजवाद लेखिएको भएपनि सरकारको नीति कार्यान्वयन नहुँदा समस्या बल्झिएको छ । देशलाई सुशासन, समृद्धि तर्फ लैजानका निम्ति राजनीति नै ठिक हुनुपर्ने भएपनि भागबण्डाको खिचातानीले बिचौलियाको बिगबिगी देखिन्छ । राजनीतिक विश्लेषक एवं प्राध्यापक भेषराज घिमिरेका अनुसार किसानको उत्पादनले बजार नपाउनुमा सरकार दोषी छ । सरकारले बजार व्यवस्थापन गर्न नसक्दा र भएको सम्पदाको उपयोग नीति गतिलो नहुँदा पनि जनताले सास्ती पाइरहेका छन् । 
     
    यता, नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले राजनीतिक संरक्षणका आडमा निश्चित घरानाले बजार कब्जा गरेका कारण पनि मनपरी बढेको बताउनुभयो । स्थानीय शहरबाटै उपभोक्तामा जागरण ल्याउनुपर्ने उहाँको भनाइ छ । 
     
    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले चाडबाडका बेला हुने सरकारी संयन्त्र चनाखो हुनुपर्ने बताउनुभयो । कोही पनि नागरिक ठगिनबाट जोगाउन राज्यले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । 
     
    एकले अर्कालाई दोष थुपारेर उम्किने नेपाली प्रवृत्तिका कारण देशले ठूलो संकट खेप्नु परिरहेको छ । राजनीतिक खिचातानीका कारण समृद्धि ओइलाएको छ । सग्लो राजनीतिले मात्रै मुलुकको विकास र नागरिक हित हुने भएपनि यहाँ भ्रष्टहरूको बिगबिगी रहेको पाइन्छ । राजनीतिलाई पेशा बनाउँदा भएका सबै जमिन बाँझो छन् भने युवाहरू खाडी पलायन भएको छन् । हरेक वर्ष आम उपभोक्ताले राज्य विहीनताको सामना गर्नु परेको छ । 
     


    बुधवार, आश्विन २४ २०८००८:२०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij