काठमाडौं । बागमती प्रदेश सभा बैठक अन्त्य भएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार प्रदेश सभाको १२औँ बर्खे अधिवेशन गएराति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।
मन्त्रिपरिषद्बाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेश सभा बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बागमती प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो ।