Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

इजरायल–प्यालेस्टाइन युद्धका कारण नेपालमा असर, युद्ध चर्किँदै जाने खतरा,आफन्तको शव कुर्दै परिवार, चौतर्फि त्रास (खासखबर)

इजरायल–प्यालेस्टाइन युद्धका कारण नेपालमा असर, युद्ध चर्किँदै जाने खतरा,आफन्तको शव कुर्दै परिवार, चौतर्फि त्रास (खासखबर)

  • मंगलवार, आश्विन २३ २०८०

  • 1.1K
    SHARES

  • इजरायल–प्यालेस्टाइन युद्धका कारण नेपालमा असर, युद्ध चर्किँदै जाने खतरा,आफन्तको शव कुर्दै परिवार, चौतर्फि त्रास (खासखबर)

    काठमाडौं। नेपाल इजरायलबीच महत्वपूर्ण पाटोको रूपमा द्विपक्षीय व्यापार सम्बन्ध छ। सन् १९६० मा दौत्य सम्बन्धको स्थापना भएपछि सन् १९६१ मा काठमाडौंमा इजरायली राजदूतावास स्थापना भएको थियो ।यसपछि दुवै देशबीच सम्बन्ध प्रगाढ हुँदै आएको छ। आर्थिक वर्ष २०२०/२१ मा नेपाल र इजरायलबीच करीब १ अर्ब ५४ करोड रुपैयाँ बराबरको व्यापार भएको देखिन्छ ।

    इजरायलमा निर्यात हुने वस्तुहरूमा संगीतका साधन, सूर्तीजन्य पदार्थ, ऊनी गलैंचा, तयारी पोशाक, सुगन्धित धूप, सुतीका झोला र बोरा, जडीबुटी, हस्तकलाका सामानहरू, आयुर्वेदिक औषधी, पश्मिना सल, धातुका मूर्ति, झोला, हस्तकलाका सामानहरू प्रमुख रूपमा रहेका छन् ।

    अहिले इजरायल प्यालेस्टाइनबीच भएको युद्धका कारण व्यापारमा असर पर्ने देखिएको छ । वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार अर्थतन्त्रसँग सोझो जोडिएको हुनाले पनि केही असर गर्नेछ ।

    इजरायलमा प्यालेस्टाइनी हमास विद्रोहीले आक्रमण गरेसँगै त्यहाँको स्थिति थप समस्याग्रस्त बन्दै गएको छ । इतिहासविद् प्रा.डा. गोविन्दमानसिंह कार्कीले हमास मात्र नभइ लेबनान, सिरिया, इरानका विद्रोहीहरुले पनि घुसपैठ गर्नसक्ने हुँदा स्थिति थप जटिल बन्ने देखिन्छ। पहिचानको लडाइँ भएकोले पनि विद्रोहीहरुले इजरायललाई सताइरहने उहाँको भनाइ छ ।

    इजरायलमा सिक्दै कमाउँदै अभियानका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट गएका ४९ जना विद्यार्थीमध्ये १० जनालाई हमास विद्रोहीले एकै चिहान बनाए । अनाहक उनीहरुको मृत्युले मुलुक रोएको छ ।

    आज राष्ट्रिय शोक समेत मनाइएको थियो । मृतकका परिवारहरु नेपालमा विक्षिप्त अवस्थामा छन् । इजरायलमा मारिएका बझाङका गणेश नेपालीका दाई विकास नेपाली भाईको शवलाई पर्खिरहेका छन् ।

    यता, इजरायलमै विभिन्न कामका लागि गएका नेपालीहरु पनि आक्रान्त बनेका छन् । कियर गिभरमा गएकी नर्स नीता राउतका अनुसार काम गर्ने मन मर्न थालेको छ । मानसिक रुपमा समेत तनाव उत्पन्न भएको छ ।
    इजरायल–प्यालेस्टाइन युद्धका कारण आर्थिक, सामाजिक रुपमा नेपाललाई असर गरेको देखिन्छ ।

    पछिल्लो समय मुलुकमा धार्मिक दंगा फैलाउन उद्दत समूहलाई यो लडाइँ मसला बनेको छ । नेपालले अहिलेको अवस्थामा इजरायलमा रहेका आफ्ना नागरिकलाई सुरक्षित बनाउने र उनीहरुको इच्छा अनुसार स्वदेश फर्काउने कार्यमा सक्रिय बन्न जरुरी छ ।
    ००००


    मंगलवार, आश्विन २३ २०८००८:२३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij