काठमाडौँ। नेपाली कांग्रेसका सांसद सुनिल शर्माले माओवादी द्वन्द्वका घटना छानबिन सम्बन्धी कानुन बनाउने समितिमा माओवादीको सांसद सभापति रहेको भन्दै बैठक बहिष्कार गर्ने चेतावनी दिनु भएको छ।
आज बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्ने संसदीय समितिमा उहाँले माओवादीबाट सभापति रहेकोले स्वार्थ बाझिएको टिप्पणी गर्नुभयो।
यसबारे सम्बोधन नभए नोट अफ डिसेन्ट लेख्नेदेखि टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्ने उहाँले चेतावनी दिनु भयो ।