Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साढे ५ महिनापछि १९०० विन्दुमुनि झर्‍यो नेप्से

साढे ५ महिनापछि १९०० विन्दुमुनि झर्‍यो नेप्से

  • मंगलवार, आश्विन २३ २०८०

  • 842
    SHARES

  • साढे ५ महिनापछि १९०० विन्दुमुनि झर्‍यो नेप्से

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ ।

    गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड बनाएको थियो ।

    राष्ट्र बैंकले उक्त सीमा बढाएपनि सेयर लगानीकर्तामा भने त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा १८८९.५९ को विन्दुमा झरेको छ । नेप्से साढे ५ महिनापछि १९०० को विन्दुबाट तल भरेर बन्द भएको हो । यसअघि ८ जेठ २०८० मा नेप्से १८९१.३१ को विन्दुमा बन्द भएको थियो भने ७ जेठमा १८८३.२० को विन्दुमा बन्द भएको थियो ।

    राष्ट्र बैंकले १२ करोडको सीमा बढाउनुअघि गत बिहीबार नेप्से १९५६.९२ को विन्दुमा बन्द भएको थियो । बिहीबार साँझ १२ करोडको सीमा हटाएपछि आइतबार नेप्से ३५.६७ अंकले गिरावट हुँदा सोमबार १२।५८ अंकले गिरावट भएको थियो ।

    मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक १.७९ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक १.६९ प्रतिशतले गिरावट भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक पनि १.५८ प्रतिशतले गिरावट भएको छ ।

    नेप्सेमा गिरावट भएपनि कारोबारमा भने सोमबार भन्दा केही सुधार भएको छ । आइतबार १ अर्ब ८० करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब १७ करोडमा सीमित भएको थियो । मंगलबार भने कारोबार रकम बढेर १ अर्ब २८ करोड ३२ लाख पुगेको हो । मंगलबार नेप्सेमा ४४ हजार ६९ वटा कारोबारमा ४२ लाख ८७ हजार ४२४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।


    मंगलवार, आश्विन २३ २०८००४:१४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij