काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराउनुभएको छ ।
आज प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उहाँले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताउनुभयो ।
मन्त्री साउदले इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको जानकारी दिँदै अहिले त्यहाँ युद्धको अवस्था रहेको बताउनुभयो ।