Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

  • मंगलवार, आश्विन २३ २०८०

  • 373
    SHARES

  • एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

    काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । धनगढीमा जारी प्रथम अधिवेशन अन्तर्गत निर्वाचनका लागि उम्मेदवारहरुको दरखास्त फारम आज बिहान वितरण गरिने छ ।

    निर्वाचन कमिटीका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली बिहान प्रकाशन गरिने र उम्मेदवारको नाम फिर्ता लिन दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन कार्यतालिका अनुसार आजै अन्तिम नामावली प्रकाशन हुने र मतदानको समय साँझ ५ बजेलाई तोकिएको छ ।

    प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान उपाध्यक्ष अछामका कमल तिमिल्सिना सहित नेता कृष्णप्रसाद जैसी र कञ्चनपुरका बचन सिंहले आकांक्षा देखाएको बुझिएको छ ।

     


    मंगलवार, आश्विन २३ २०८००८:२५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij