Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजार दाहोरो अंकले घट्यो, शिवम् सिमेन्ट र रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिए

शेयर बजार दाहोरो अंकले घट्यो, शिवम् सिमेन्ट र रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिए

  • आइतवार, आश्विन २१ २०८०

  • 998
    SHARES

  • शेयर बजार दाहोरो अंकले घट्यो, शिवम् सिमेन्ट र रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिए

    काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दाहोरो अंकले घटेको छ । आज शेयर बजार ३५ दशमलव ६७ अंकले घटेर १९१९ को विन्दुमा कायम भएको छ ।

    शेयर बजारमा गिरावट आएसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज शिवम् सिमेन्टको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको आज ६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, आइतबार रिलायबल नेपाल लाइफको पाँच करोड ५३ लाख रुपैयाँ, नबिल बैंकको पाँच करोड २८ लाख रुपैयाँ, सिटिजन लाइफको चार करोड ५३ लाख र एनआइसी एशिया बैंकको चार करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     


    आइतवार, आश्विन २१ २०८००३:३१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij