Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

इजरायलका कामदारलाई नेपाल फर्काउने बारे समन्वय संयन्त्र स्थापना

इजरायलका कामदारलाई नेपाल फर्काउने बारे समन्वय संयन्त्र स्थापना

  • आइतवार, आश्विन २१ २०८०

  • 588
    SHARES

  • इजरायलका कामदारलाई नेपाल फर्काउने बारे समन्वय संयन्त्र स्थापना

    काठमाडौं । इजरायलमा भएको घटनालाई लिएर परराष्ट्र मन्त्री नारायणप्रसाद साउदको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ ।

    आइतबार बिहान प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बैठक बसी परराष्ट्र मन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्र स्थापना गरिएको मन्त्री साउदले बताउनुभयो ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा जानकारी गराउँदै उहाँले इजरायल घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरी नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि सो समन्वय संयन्त्र स्थापना गरिएको जानकारी गराउनुभयो।

    उहाँले दक्षिण इजरायलमा भएको भयानक आक्रमणका बारेमा जानकारीमा आए लगत्तै त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवं उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको पनि परराष्ट्रमन्त्रीले जानकारी गराउनुभएको छ ।

    इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नको लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको पनि मन्त्री साउदले जानकारी दिनुभयो ।

    नेपाल सरकार इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नको लागि पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले त्यस सम्बन्धमा थप जानकारी प्राप्त भएपछि सोको जानकारी गराइने उल्लेख गर्नुभयो ।


    आइतवार, आश्विन २१ २०८००१:५६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij