Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

  • शनिवार, आश्विन २० २०८०

  • 840
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शनिबार(आज) भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।
     
    भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो । अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको उहाँले बताउनुभयो ।
     
    सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि छलफल भएको छ । अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसद्मा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।
     
    प्रधानमन्त्रीले नेपालसँग भेट्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गर्नुभएको थियो।


    शनिवार, आश्विन २० २०८००२:३३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij