Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपाल र रोमानियाबिच श्रम समझदारीपत्रमा हस्ताक्षर

नेपाल र रोमानियाबिच श्रम समझदारीपत्रमा हस्ताक्षर

  • शुक्रवार, आश्विन १९ २०८०

  • 537
    SHARES

  • नेपाल र रोमानियाबिच श्रम समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं। नेपाल सरकार र रोमानिया सरकारबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५५ वर्षपछि श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका लागि श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कुले द्विपक्षीय श्रम सम्झादारीपत्रमा हस्ताक्षर गर्नुभयो।

    त्यसका लागि नेपालबाट मन्त्री भण्डारी नेतृत्वको टोली रोमानिया पुगेको थियो। नेपालका तर्फबाट श्रम सचिव केवल प्रसाद भण्डारी,जमर्नीका राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको उपस्थिति रहेको थियो।

    रोमानियको पक्षबाट श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च तहका अधिकारीहरू पनि सहभागी रहेको श्रम मन्त्रालयले जनाएको छ।द्विपक्षीय वार्तामा मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझदारीका आवश्यकता र प्रभावबारे छलफल गर्नु भएको थियो।

    रोमानियाको तर्फबाट नेपाली कामदारको हक, हित र सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उल्लेख्य नेपाली कामदार माग रहेको र पारदर्शी रूपमा कामदार छनौट तथा छोटो अवधिमा कामदार ल्याउने प्रकृयामा समन्वय र सहकार्य गर्ने चासो व्यक्त गरेका थिए।


    शुक्रवार, आश्विन १९ २०८००५:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij