Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सरकारले अपराधीलाई माफि दिनेजस्ता सयौं गल्ती गरेको छ : विश्वप्रकाश शर्मा

सरकारले अपराधीलाई माफि दिनेजस्ता सयौं गल्ती गरेको छ : विश्वप्रकाश शर्मा

  • शुक्रवार, आश्विन १९ २०८०

  • 471
    SHARES

  • सरकारले अपराधीलाई माफि दिनेजस्ता सयौं गल्ती गरेको छ : विश्वप्रकाश शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको बताउनु भएको छ । आज जारी प्रतिनिधी सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिने जस्ता सायौं गल्तीहरु गरेको टिप्पणी गर्नु भएकको हो ।

    शर्माले अपराधमा संलग्नलाई माफि दिएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराउनु भयो । उहाँले विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले आन्दोलनरत शिक्षकहरुको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

    महामन्त्री शर्माले सरकारले संसदमा पेस गरेको सो विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

     


    शुक्रवार, आश्विन १९ २०८००४:३०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij