Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

‘हत्यारालाई आममाफी दिनु गलत हो,सबैले विरोध गरौं’ : गगन थापा

‘हत्यारालाई आममाफी दिनु गलत हो,सबैले विरोध गरौं’ : गगन थापा

  • बिहिवार, आश्विन १८ २०८०

  • 610
    SHARES

  • ‘हत्यारालाई आममाफी दिनु गलत हो,सबैले विरोध गरौं’ : गगन थापा

    काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले हत्यरालाई आममाफी दिनु संविधानको मर्मविपरित भएकोले विरोध गर्नुपर्ने बताएका छन्। आज जारी प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले हत्या ठहर भइ जेलजीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनु संविधानको मर्मविपरित भएको जिकिर गर्नु भएको हो।

    महामन्त्री थापाले हत्या पुष्टि भैसकेपछि जेल जीवन बिताइरहेका व्यक्तिलाई आममाफी दिने निर्णय गलत भएको स्पष्ट पार्दै थापाले भन्नुभयो,’यो विषय अदालतको ढोकासम्म पुगेको छ। जसले हामीलाई गिज्याइरहेको छ। अदालतमाथि पनि प्रश्न उठेको छ। यसको विरोध हुनुपर्छ र हामी विरोध गर्छौं।’’

    संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल ’प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिनु भएको थियो। अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ।

    श्रीमानको हत्यारा रिगललाई उन्मुक्ति दिएको विरोधमा भारतीले काठमाडौंको माइतीघरमा हिजोबाट अनशन सुरू गर्नु भएको छ। उहाँले श्रीमानको न्यायका लागि सर्वोच्च अदालतलाई गुहार्नु भएको छ ।

    उहाँले दिएको रिटमाथि सर्वोच्चमा आज प्रारम्भिक सुनुवाइ जारी छ। २०७२ असार २८ गते नेपालगञ्ज उपमहानगरपालिका–८का चेतनको दिनदहाडै हत्या भएको थियो। मानन्धरको हत्या अभियोगमा रिगललाई बाँके जिल्ला अदालतले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।


    बिहिवार, आश्विन १८ २०८००२:२७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij