Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारलाई संसदीय समितिको निर्देशन

निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारलाई संसदीय समितिको निर्देशन

  • बुधवार, आश्विन १७ २०८०

  • 735
    SHARES

  • निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारलाई संसदीय समितिको निर्देशन
    काठमाडौं । निर्माण व्यवसायीहरूले काम गरेबापत पाउनुपर्ने बक्यौता रकमको भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
     
    बुधबार(आज) सिंहदरबारमा आयोजित समितिको बैठकमा सांसदहरूले निर्माण व्यवसायीको भुक्तानी रोकिएको सम्बन्धमा ढिलाइ हुनुको कारणसहित प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको हो ।
     
    त्यस्तै ठेक्का सम्झौता अनुसार तोकिएको समय र गुणस्तर अनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भएपनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताउनुभयो ।
     
    उहाँका अनुसार अन्य मन्त्रालयको ३ र भौतिक मन्त्रालयको मात्र ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । काम गरेको रकमको भुक्तानी नपाएपछि नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा व्यवसायीहरू आन्दोलित बनेका थिए ।


    बुधवार, आश्विन १७ २०८००५:४९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij