Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपाको विवादमा चिनियाँ चलखेलप्रति धेरैको आशंका

नेकपाको विवादमा चिनियाँ चलखेलप्रति धेरैको आशंका

  • सोमवार, आषाढ २२ २०७७

  • 896
    SHARES

  • नेकपाको विवादमा चिनियाँ चलखेलप्रति धेरैको आशंका

    काठमाडौँ । नेकपाका मध्यमार्गि नेताहरुले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सहमति खोज्नुको साटो शीर्ष नेताहरुले छिमेकी मुलुकका राजदूतसँग चलखेल बढाएको भन्दै आपत्ति जनाएका छन् । शीर्ष तहमा चलिरहेको विवादले पार्टीनै विभाजनको संघारमा पुग्न लागेको अवस्थामा पार्टीकै शीर्ष तहका नेताहरुले प्रभावशाली मुलुकका राजदूतसँग भेटघाट गर्नु अनुपयुक्त भएको उनिहरुको भनाई छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको चलखेलमा आफुलाई हटाउन लागेको बताएपछि संस्थापनइतर पक्षले गलत बोलेको भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाटै राजीनामा दिन दवाव सिर्जना गरेपछि चर्किएको नेकपाको विवादमा चीनले चासो देखाएको छ । यसअघिको नेकपा विवाद पनि चिनियाँ राजदूतको चहलपहल पछि साम्य भएको थियो ।

    पार्टीमा दुई पक्षबिच विवाद चर्किएको समयमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि मध्यमार्गि नेताहरुले प्रश्न उठाएका हुन् ।

    यान्छीले बिहीबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र शुक्रबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्नुभएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि चिनियाँ सहयोगका विषयमा छलफल गर्न भेट भएको बताइएपनि राजनीतिक परामर्शमै भेटवार्ता केन्द्रीत रहेको नेताहरुले बताएका छन् ।

    राजदूत यान्छीले अध्यक्ष प्रचण्डलाई भेटे लगत्तै कोटेश्वर पुगेर नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमारसँग भेट गर्नुभएको थियो । त्यस यता नेकपा स्थायी कमिटीको बैठक र दुई अध्यक्षबिचको छलफल पनि प्रभावित हुँदै आएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरागर्दै नेकपा नेता टोपबहादुर रायमाझिले पार्टी एकिकरणनै प्रभावित हुने गरी पार्टीभित्र विवाद चलिरहेका बेला चीनका राजदूतको भेटघाटले थप शंका उब्जाउन सक्ने बताउनुभयो । उहाँ राजदूत यान्छीको भेटघाट सामान्य विषयमा भएपनि यसले पार्टी नफुटाउन चीनको दवाव भन्ने सन्देश दिने बताउनुभयो ।


    सोमवार, आषाढ २२ २०७७०८:२१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij