Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य सुधार

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य सुधार

  • सोमवार, आश्विन १५ २०८०

  • 1.0K
    SHARES

  • नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य सुधार

    काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ ।

    घटेर कारोबार सुरु भएपनि अन्तिममा वृद्धिसहित ५.१९ अंकले बढेर बन्द भएको हो । यसबचीमा आज नेप्सेमा उच्च घटबढ भएको छ ।

    परिसूचक ०.२६ प्रतिशतले घट्दा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य सुधार आएपनि १६३ कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, ६४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

    आज सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सयपत्रि हाइड्रोपावर कम्पनीको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ ।

    यस्तै, अन्य दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । ४ कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.२९ प्रतिशतले खुम्चिएको छ ।


    सोमवार, आश्विन १५ २०८००३:२८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij