काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७३ पैसा र बिक्री दर १६२ रुपैयाँ ४६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।